रवि जीलाई रोजेकै मन्त्रालय दिनुपर्छः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रवि जीलाई रोजेकै मन्त्रालय दिनुपर्छः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनु भयो । उहाँले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनु भयो । उहाँले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनु भयो । उहाँले सबै राजनीतिक दल र नेताहरु गरिबीको बिरुद्धमा एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो ।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाउनु भयो । उहाँले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताउनु भयो । उहाँले मन्त्रीहरुले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताउनु भयो । उहाँले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताउनु भयो । उहाँले अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्रायः रहेको दाबी गर्नुभयो ।

न्त्री किराँतीले देशका कानून संशोधन गरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

मन्त्री किराँतीले नेपालीहरुको रगतरगतमा भ्रष्टाचार रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);