विष्णु पौडेलको प्रश्न– ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार किन मौन छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विष्णु पौडेलको प्रश्न– ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार किन मौन छ ?

पूर्व अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकारले मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भएको हो । उहाँले सत्तापक्षकै कार्यकर्ताहरु पनि सो आक्रमणको घटनामा सामेल भईरहेको सूचना आफ्नो पार्टीले पाएको जिकीर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नु भयो । उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रर्दशन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनु भयो । उपाध्यक्ष पौडेलले भन्नु भयो, ‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि एम्बुस थापेर आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रर्दशन गर्दै तोडफोड गर्ने काम भईरहेको छ । यस्तो अवस्थामा सभामुख महोदय, हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अर्कमण्यता प्रर्दशन गरिरहेको छ । एक प्रकारले भन्ने हो लाचारीपन प्रर्दर्शित गरिरहेको छ । म यो कायरताको, लाचारीपनको घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । खेद व्यक्त गर्न चाहन्छु । म भन्न चाहन्छु सभामुख महोदय, यो आक्रमणमा सरकार आफै संलग्न भएको छ । यो विषय सम्मानित सदन उठ्यो । गृहमन्त्रीले आएर जवाफ पनि दिनु भयो । उहाँले गृहमन्त्रीले जवाफ त दिन भयो । तर आक्रमण प्रयास रोकिदैन । यो सरकारले चाहेको के हो ? हामीले गृहमन्त्रीको कुनै मिठो प्रवचन होइन । शान्ति सुरक्षाको व्यवस्था हुनु प¥यो । यहाँले नेताको मात्रै होइन, आज नागरिकको शान्ति सुरक्षाको सुनिश्चित गर्नु प¥यो । गृहमन्त्रीले दिएको जवाफले अव पुगेन । यस प्रश्नमा सरकार सदनलाई जानकारी दिनु प¥यो । सम्माननीय प्रधानमन्त्री आफैंले आएर संसदमा जवाफ दिनु पर्छ ।’

उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खवरदारी गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);