प्रचण्डमाथि ९५ करोड भ्रष्टाचार आरोप (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

प्रचण्डमाथि ९५ करोड भ्रष्टाचार आरोप (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ९५ करोड भ्रष्टाचारको आरोप लागेको छ । अयोग्य लडाकुका नाममा लिएको रकमको हिसाबकिताब नदेखाएको भन्दै एमालेले संसदमै यस्तो आरोप लगाएको हो ।

९५ करोड तत्कालीन नेकपा माओवादीका अयोग्य लडाकुका नाममा लगिएको रकम हो जसको बारेमा प्रश्न उठेको छ । आज शुक्रवार प्रतिनिधि सभामा एमालेले अयोग्य लडाकुमध्ये २ हजार ४५१ को खोजी गर्दा नभेटिएको र माओवादीले लगेको ९५ करोडमाथि प्रश्न उठाएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आकस्मिक समयमा बोल्दै भने– अनमिनले प्रमाणिकरण गरेका लडाकुहरु पछि पुनः प्रमाणिकरण हुँदा २ हजार ४५१ जना को व्यक्ति थिए भन्ने यकिन गर्न सकिएन । तिनका नाममा तत्कालीन नेकपा माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गयो ? त्यो पैसा कहाँ गयो ?

घुमाउरो तरिकाले एमाले नेता गिरीले प्रचण्डप्रति संकेत गरे । उक्त रकम अनियमितता भएको भन्दै प्रचण्डलगायत माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजूरी समेत परेको छ । तर, छानविन अगाडि बढ्न सकेको छैन ।

महालेखाले यसबारे प्रतिवेदनमा नै उल्लेख गरेको गिरीले बताए । देशमा आर्थिक संकट आइरहँदा पूर्व लडाकुका नाममा फेरि १ अर्ब ४० करोड छुट्याइएकोमा आपत्ती जनाए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे आफूलाई जानकारी नभएको जवाफ संसदमा दिएका छन् ।

प्रचण्ड सरकारले अयोग्य पूर्व लडाकुलाई प्रति व्यक्ति २ लाख दिने निर्णय गरेर कार्यविधि बनाउन लगाइरहेको खुलिसकेको छ । यसको विपक्षी मात्र नभई सत्तापक्षका नेताले समेत विरोध गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);