शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार रोकिँदैनः भगवती न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार रोकिँदैनः भगवती न्यौपाने

bhagwati

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार नरोकिने बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य न्यौपानेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभएसम्म देशमा भ्रष्टाचार नरोकिने बताउनुभएको हो । उहाँले कर्मचारीलाई आफू र आफू आश्रित परिवारलाई पुग्नेगरी तलव व्यवस्था नगर्दासम्म पनि भ्रष्टाचार रहीरहने बताउनु भयो । उहाँले नीति निर्माणको तहमा भ्रष्टाचार हुने उल्लेख गर्नुभयो । न्यौपानेले दलाल पुँजिपति र निश्चित घरानाहरुको हीतमा नीति बनाइने गरेको बताउनु भयो ।

उहाँले निर्वाचनमा उम्मेदवारले चुनाव जित्नका लागि करोडौँ खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसरी जितेर आएको उम्मेदवारले भ्रष्टाचार गर्ने सम्भावनाप्रति गम्भिर हुनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);