महंगी घटाइ भ्रष्टाचार अन्त्य गर्न आवश्यक छः नेता शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

महंगी घटाइ भ्रष्टाचार अन्त्य गर्न आवश्यक छः नेता शर्मा

काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले महंगी घटाउने, भ्रष्टाचार शुन्यतामा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यक्ता भएको बताउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले लगानीमा निजी, सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो । सदस्य शर्माले समस्याको रुपमा रहेको महंगी भ्रष्टाचार र ढिलासुस्तीलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड गर्नुपर्ने देखिन्छ, उद्योग, व्यापारमा विशेष जोड गर्नुपर्छ, लगानीमा निजी सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यक्ता छ । काम गर्ने शैलीमा मितव्ययी, पारदर्शी र स्वच्छ, जवाफदेही बनाउनुपर्ने आवश्यक्ता देखिन्छ, समस्याको रुपमा महंगी भ्रष्टाचार र ढिलासुस्ती छ, यसलाई हामीले अन्त्य गर्नैपर्छ । महंगी घटाउने, भ्रष्टाचार शुन्यशिलतामा झार्नुपर्ने र
ढिलासुस्तीलाई हटाउनुपर्ने र वर्षौंसम्म ठेक्का लिएर काम नगर्नेहरुलाई हटाउनुपर्ने आवश्यक छ ।’

राष्ट्रिय सभा सदस्य शर्माले ठेक्का लिएर वर्षौंसम्म काम नगर्नेहरुलाई कारबाही हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);