प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल सुरु

काठमाडौँ, ८ वैशाख । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

दुई नेताबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीले भने कार्कीको प्रस्तावमा असहमति जनाएका थिए ।

Leave a Reply