उपेन्द्रलाई जिताउन निजगढ विमानस्थलको ललिपप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उपेन्द्रलाई जिताउन निजगढ विमानस्थलको ललिपप

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिवार बारामा महत्वपूर्ण उद्घोष गरे । उनले विवादास्पद निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माणको शिलान्यास गर्ने बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी भाषणमा पुगेका प्रचण्डले निजगढ विमानस्थलको ललिपप देखाए । दशौं लाख रुख सखाप पारेर बनाउन खोजिएको विमानस्थल विवादमा छ ।

यसै पनि पोखरा र भैरहवा विमानस्थलमा अरबौं लगानी गरेर सञ्चालनमा आएको छैन । तर, प्रचण्डले उपेन्द्रलाई चुनाव जिताउन विमानस्थल शिलान्यास गर्ने कुरा बोले ।
प्रचण्डले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ।’ गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुने समेत बताए।

उपेन्द्र यादव देशको नेता भएकाले संसदमा चाहिने प्रचण्डको भनाई थियो । उनले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो देशले जित्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो ।’

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);