पोर्चुगल पठाई दिने भन्दै १० जनाबाट लाखौं रकम ठगी गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

पोर्चुगल पठाई दिने भन्दै १० जनाबाट लाखौं रकम ठगी गरेपछि…

काठमाडौं,७ वैशाख । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

Leave a Reply