नयाँ वर्ष २०८० को स्वागतका लागि हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

नयाँ वर्ष २०८० को स्वागतका लागि हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन

काठमाडौं, ३० चैत्र । नयाँ वर्ष २०८० को स्वागतका लागि हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन भएको छ आज बिहिबार साँझ संघले मन्दिर, देवस्थल, मुख्य चोकहरुमा दीप प्रज्ववलन आयोजना गरेको हो ।

हाम्रो नववर्ष हाम्रो गौरव नाराका साथ संघले घर, मन्दिर, देवालय, गुम्बामा दियो बाल्न आव्हान गरेको थियो ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा नेपालको नक्सा बनाई वृहत्त दीप प्रज्जवन कार्यक्रम आयोजना गरिएको थियो । ललितपुरको महालक्ष्मीस्थानमा पनि दीप प्रज्ववलन गरिएको थियो ।

नेपालमा विक्रम संवत्लाई सरकारी र जनस्तर दुवै तहमा मान्यता प्राप्त छ । यही क्यालेन्डर चलनचल्तीमा छ । हरेक वर्ष वैशाख १ गते नयाँ वर्ष भव्यताका साथ मनाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);