निक्षेपको ब्याजदर घटाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

निक्षेपको ब्याजदर घटाउने निर्णय

काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको जनाइएको छ । व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने निर्णय भएको जनाइएको छ । उक्त निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ ।

अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको जनाइएको हो । संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । साथै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);