नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुसमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुसमा हुँदै

काठमाडौँ, २६ चैत्र । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आगामी पुसमा पहिलो महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले आगामी २०८० पुस ६ देखि ८ गतेसम्म टीकापुरमा महाधिवेशन गर्ने तय गरेको हो ।

यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिए पनि पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका राजवन्दीको रिहाई हुने आकलन गर्दै महाधिवेशनको अर्को मिति तय गरेको बुझिएको छ ।

बैठकले १३६ सदस्यीय केन्द्रीय कार्यसमितिलाई अनुमोदन गर्दै पार्टीको महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिएको छ । पहिले पार्टीको महिला विभाग संयोजक रहेकी अधिवक्ता गीता चौधरीलाई कानुनी संयोजकको जिम्मेवारी दिइएको हो ।

प्रवक्तामा सीमित दामोदर पण्डित पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई चयन भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);