संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्ग अपनाइन्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्ग अपनाइन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताउनुभएको छ ।

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा संक्रमणकालिन न्याय, संवैधानिक परिषद्, र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले सरकार पक्षधर राजनीतिक दलहरुले भने संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);