विश्व

भारतीय राज्यमन्त्री तीन दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं, १९ चैत्र । भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्रीतथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् । रिपब्लिकन फाउन्डेसन (नेपाल) ले पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो ।

बुद्धका माहान् अनुयायी डा.अम्बेडकर को १३२औं जन्मदिनपारेर आयोजनागरिएको कार्यक्रमको निमन्त्रणालाई स्विकार गरी विशिष्ट अतिथिको रुपमाउनीआगामीचैत्र ३० गते नेपालआउने भएका छन् । ‘नववर्ष २०८० को पावनअवसर पारी शुभकामनाआदान–प्रदानतथाविविध सांस्कृतिकएवम् सम्मानकार्यक्रम २०८० लाई भव्यताका साथ सफलबनाउन र संयोगले बुद्धका माहान् अनुयायी डा. अम्बेडकर को १३२ औं जन्मदिनअप्रिल१४ तारिक र हामी नेपालीको नयाँवर्षपनि एकै दिन परेको हुँदाहाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका केन्द्रीय सामाजिकन्याय राज्यमन्त्रीतथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्षमाननीय रामदास आठवलेज्यु तीनदिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रुपमाआउनहुने जानकारी गराउँछौं,’– रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

Related Post
Share

This website uses cookies.