काठमाडौं, १७ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले बारा क्षेत्र नं २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उनले बारा–२ बाट रास्वपामा आवद्ध भई चुनाव लड्ने स्पष्ट पारेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नयां सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आवद्ध भई आगामी वैषाख १० गते हुने निर्वाचनमा सहभागि हुने निर्णय गरेको छु।’
खरेलले आफूलाई सहयोग गर्ने ड़ा प्रणय राणासहित सबैलाई आभार प्रकट गरेका छन् । उनले राष्ट्र सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबध्दता जाहेर समेत गरेका छन् ।




