निर्वाचनपछि रवि र रमेश खनालको पार्टी एकता हुने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

निर्वाचनपछि रवि र रमेश खनालको पार्टी एकता हुने

काठमाडौं, १७ चैत्र । आगामी बैशाख १० गते विभिन्न कारण रिक्त रहेको तीन क्षेत्रमा उपनिर्वाचन हुँदैन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेलको पार्टी बीच उपनिर्वाचनपछि एकता हुने भएको छ । रास्वपाले बारा २ मा खरेललाई उम्मेदवार बनाउने भएको छ । यसबारे खरेल आफैले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले आज बारा–२ बाट रास्वपामा आवद्ध भई चुनाव लड्ने स्पष्ट पारेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नयां सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आवद्ध भई आगामी वैषाख १० गते हुने निर्वाचनमा सहभागि हुने निर्णय गरेको छु।’

खरेलले आफूलाई सहयोग गर्ने ड़ा प्रणय राणासहित सबैलाई आभार प्रकट गरेका छन् । उनले राष्ट्र सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबध्दता जाहेर समेत गरेका छन् ।

Leave a Reply