काठमाडौं, १६ चैत्र । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयको अन्तिम टुंगो लगाउन बैठक बसिरहेको हो ।
बुधबार बसेको सत्ता गठबन्धन दलको बैठकले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा सहमति जुटिसकेको छ ।
गठबन्धनबीच मन्त्रालयको भाग लगाएर आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ ।