सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति, कुन दलले कति मन्त्रालय पाए ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति, कुन दलले कति मन्त्रालय पाए !

काठमाडौं । सत्ता साझेदार दलहरुले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएको हो ।

एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३÷३ र जनमत पार्टीले १ मन्त्रालय लिने सहमति भएको छ । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ । बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँडमा ब्यक्ति सहितको विषय आ–आफ्नो पार्टि भित्र छलफल गरेर निर्णय लिने बताउनु भयो । उहाँले पार्टिहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्रीले पाए पछि आजै नयाँ मन्त्रीहरुको शपथ हुने जानकारी पनि दिनुभयो ।

सत्ता साझेदारदलहरुले जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरेको भएपनि स्वीकार गरिनसकेको बताईएको छ । यस्तै सभामुख र राष्ट्रपति एमालेले पाउने निर्णय भएको जनाइएको छ । एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उडयनलगायत मन्त्रालय लिने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय र उपसभामुख लिने सहमति भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ । पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको रुपमा सरकारमा जान बताइएको छ । जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);