कुन दलले कुन मन्त्रालय पाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कुन दलले कुन मन्त्रालय पाए

काठमाडौं, ३ माघ । सत्तारुढ दलबीच मन्त्रालय बाँडफाँडको सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार रातिसम्म बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएको हो ।

बाँडफाँटमा नेकपा एमालेले राष्ट्रपति र सभामुुखसहित ८ मन्त्रालय पाएको छ । एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उडयनलगायत मन्त्रालय लिने सहमति भएको छ । नेकपा माओवादीले चार मन्त्रालय लिने सहमति भएको छ । माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय र उपसभामुख लिने सहमति भएको छ । पार्टीका सभापति उपप्रधान तथा गृहमन्त्रीको कार्याभार रवि लामिछानेले सम्हालिसकेका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ । पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको रुपमा सरकारमा जाने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउनले प्रयास गरिरहेको जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।

सत्ता साझेदारदलहरुले जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरेको भएपनि स्वीकार गरिनसकेको बताईएको छ । जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);