गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न मधेशी आयोगद्वारा गृहलाई पत्राचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न मधेशी आयोगद्वारा गृहलाई पत्राचार

काठमाडौं । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको विरगंज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले संचालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक संजाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्नको लागि उजुरी दर्ता गराएका थिए्र ।

सो उजुरी प्राप्त भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तकोनिर्देशनमा आयोगले गृहमन्त्रालयलाई चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार गरेको छ । आयोगका अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैर–कानुनी क्रियाकलाप रहेको बताउदै आयोगले यो विषयमा तुरन्त कारवाही गर्न गृह लाई पत्र पठाइएको बताएका छन् । अध्यक्ष डा.दत्तले यस्ता गैर–कानुनी काम गर्ने जो–सुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारवाही गरिनेजानकारी दिएका छन् ।

आयोगले सामाजिक संजाल फेसबुकमा मो.कबिर नाम गरेको व्यक्तिलेहिन्दु धर्मका देवी देवताहरुमाथिअपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु माथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याई तुरुन्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);