भक्तपुरमा एक सय २० वर्ष पुरानो खली खुवाइयो, युवाले धाने पुरानो परम्परा | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

भक्तपुरमा एक सय २० वर्ष पुरानो खली खुवाइयो, युवाले धाने पुरानो परम्परा

भक्तपुरको सानो ठिमीमा १२० वर्ष पुरानो खली खुवाउने परम्पराको स्थानीय युवाले निरन्तरता दिइरहेका छन् ।

भक्तपुरमा एक सय २० वर्ष पुरानो खली खुवाइयो

भक्तपुर । भक्तपुरको सानो ठिमीमा १२० वर्ष पुरानो खली खुवाउने परम्पराको स्थानीय युवाले निरन्तरता दिइरहेका छन् ।

चैत्र २० गते बिहान महाराजी खड्का कुलको वायु तथा खली पुजा सम्पन्न गरिएको हो ।

खली खुवाउने कार्यमा युवाहरुको सहभागिता रहेको थियो । परम्परा अनुसार एक सय आठ भारती दाउरालाई बिधी अनुसार जलाई निर्माण गरिएको भुँग्रोमा नाच्ने चलन छ ।

जस अनुसार १३ जना डांग्रेले खलिमा सहभागिता जनाएका थिए । जनश्र्रुती अनुसार एक सय विस वर्ष पहिला वायुले सताएपछि स्थानीयले यस्तै खली बनाएर पन्छाएका थिए ।

यसरी वायुलाई खुसी पारेपछि घर, परिवार र समाजमा बाधा व्यवधान नआउने जनविश्वास छ ।

 

Leave a Reply