२९ बर्ष सुरु भएको सिकुली जात्राले निरन्तरता पाउँला त ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

२९ बर्ष सुरु भएको सिकुली जात्राले निरन्तरता पाउँला त ? ( भिडियो रिपोर्ट )

गाहहिटीमा रहेको मूल देवताको घरबाट सिकुलीमाईसहित अष्ट मातृका देवीहरुको मुर्तिहरुलाई जात्रा एकदिन पुर्व शंखमूलमा रहेको सिकुली मन्दिरमा राखि तान्त्रिक विधिविधानले पूजाअर्चना गरि रातभर राख्ने गरिन्छ । चैत्र कृष्ण औसिका दिन सिकाली मन्दिरबाट मुर्ति निकालेर खटमा राखेर गछें, गाहिटी., च्वबु गछें, कोबहाल बंगलामुखी आदी विभिन्न स्थानमा खटलाई परिक्रममा गराई गाःहिटीमा पुजा गरी मुर्तिलाई प्रतिस्थापना गरि जात्रा सम्पन्न गरिन्छ । ललितपुर महानगरपालीकाको कै एतिहासिक जात्राको रुपमा रहेको चामुण्डालाई लोककल्याणकारी तथा नगर रक्षक देवीको रुपमा प्ुजा गर्ने गरिन्छ । सिकुलीको जात्राको क्रममा बालकुमारीमाई र सिकुलीमाई दिदी बहिनीको रुपमा रहेकोले सिकुली देवीलाई मंगलबजारमा आफ्नी दिदी बालकुमारी माईसंग भेट गराइन्छ । जात्राको व्यवस्थापन गाहिटी, च्वबुछे तथा धलछेंबाट हुँदै आएको छ ।  झै भगडा तथा आर्थिक व्यवस्थापन जस्ता समस्याहरु भएपछि २०५२ सालदेखि जात्रा रोकिएको थियो. । २९ बर्षपछि ललितपुर महानगरपालीका वडा नं ११ का वडा अध्यक्ष अरोज कुमार खड्गी तथा ललितपुर महानगरपालीकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष राजु महर्जनको विशेष पहलमा महानगरबाट बजेट निकास गरी यस बर्षदेखि जात्रा पुनः सञ्चालनमा ल्याइयो ।

ललितपुर ऐतिहासिक संस्कृति, परम्परा, जात्रा पर्वहरुहरुले भरिएको महानगर हो । यस्ता ऐतिहासिक जात्रा पर्वहरुको संरक्षण सम्बद्र्धन गर्ने जिम्मेवारी पनि महानगरवासी कै हो । पहिचान समाप्त भए अस्तित्व नै समाप्त हुने यथार्थलाई मध्यनजर गरी ललितपुरका जनप्रतिनिधीहरुले संस्कृति जोगाउन चालेको कदममा नगरवासीको पनि साथ र सहयोग हु्ने विश्वास गरिएको

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);