अन्तर्राष्ट्रिय बजारमा प्रभाव पर्दा सुनँकाे मुल्य दिनानुदिन उकालाे लाग्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा प्रभाव पर्दा सुनँकाे मुल्य दिनानुदिन उकालाे लाग्दै ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, चैत्र ६ ।  सुनलाई सम्पत्ति सुरक्षा प्रत्याभुति गर्न लगानीको तथा बचतको रुपमा लिने गरिन्छ । विशेषगरी युद्ध चर्किएमा सुनको जोहो बढ्न थाल्छ र माग बढ्दा मूल्य बढ्छ । नेपाली समाजमा त सामाजिक कार्यका लागि विवाह, ब्रतबन्ध ,भोज भतेरमा सुनका गरगहना लगाउने प्रचलन रही आएको छ । आइतबार सुनको मुल्यमा २९ सय रुपैँयाले बढेर १ लाख १० हजार प्रतितोला कायम भएको छ। अन्तराष्ट्रिय बजारमा अर्थतन्त्रमा देखिएको संकुचन ,लगानीको सुरक्षामा जोखिम, डलरको मुल्य तथा बैंकको ब्याजदरमा वृद्धी लगायतले सुनले मुल्य ह्वात्तै बढेको छ। जसको प्रभाव नेपाल पनि परेको छ। अन्तराष्ट्रिय बजारमा डलरमा आम्दानी गर्नेको तुलनमा नेपाली उपभोक्ताको क्रयशक्ति कम छ । त्यसमा पनि सरदर प्रतिव्यक्ति आय पनि ११ देखि १२ सयको दरमा छ।

सरकारको निति फितलो हुदाँ असर परेको व्यवसायमा थप अप्रत्यासित रुपले बढीरहेको मुल्यले मागमा कमी आउँदा व्यवसाय धरासाय हुने आशंका व्यवसायीमाझ फैलिएको छ।

सुनचाँदीलगायत गहना तथा रत्न व्यवसायबाट हजारौंले रोजगारी पाइरहेका छन् । सरकारले अरबौंको राजस्व संकलन गरेको नेपाल सुनचादी व्यसायीको संघको भनाई छ , एकातिर अचाक्ली मुल्य वुद्धीले मागमा त कमी आउँछ नै अर्कोतिर राज्यको प्रभावकारी निति नियम ऐन नहुदाँ व्यवसायलाई निरन्तरता दिन सकिनेमा उनीहरु आशावादी देखिदैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);