कांग्रेस नेता उत्पादन केन्द्र त्रिचन्द्रमा चैत्र ९ गते निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कांग्रेस नेता उत्पादन केन्द्र त्रिचन्द्रमा चैत्र ९ गते निर्वाचन

काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेसको नेता उत्पादनको केन्द्रको रुपमा चिनिने त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचनको नयाँ मिति तोकिएको छ । विद्यार्थी संगठनहरुबीच भर्नाको विषयमा विवाद उत्पन्न भएपछि चैत ५ गतेको चुनाव पछि सारिएको हो ।

भर्नाको विषयलाई लिएर विवाद बढेपछि पूर्वनिर्धारित निर्वाचन कार्यतालिका प्रभावित त्रिचन्द्रको स्ववियु निर्वाचन पटक–पटकको छलफलपछि नयाँ मितिमा चुनाव गर्न सबै पक्ष सहमत भएका हुन् ।
स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले सार्वजनिक गरेको कार्यतालिका अनुसार अन्तिम मतदाता नामावली आज चैत ३ गते प्रकाशन गरिने छ । त्यस्तै, त्यसमाथि दाबी विरोध चैत ४ गते र चैत ५ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने अन्तिम समय हुनेछ ।

त्यस्तै, चैत ६ गते उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय हुने, चैत ७ गते प्रसारप्रसारका लागि समय दिइने र त्यसपश्चात् मौन अवधि सुरु हुनेछ । आगामी चैत ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदान समयावधि तोकिएको छ ।

०३६ सालदेखि यत भएका १४ वटा स्ववियु निर्वाचनमा १२ पटक नेविसंघले जित हासिल गरेको छ । त्रिचन्द्रमा ०३६ र ०३८ को निर्वाचन बाहेक बाँकी १२ वटा निर्वाचन नेवि संघ विजयी भएको थियो । नेविसंघको बलियो पकड भएको क्याम्पसको रूपमा लिइने त्रिचन्द्रमा नेवि संघबाट विवेक बानियाँ, सुमन बसौला, विपिन ढुंगाना र टेकराज भट्टले सभापतिमा दाबी गरेका छन् । बानियाँ रामचन्द्र पौडेल निकट मानिन्छन् भने बसौला गगन–शेखर समूह निकट मानिन्छन् । अर्का उम्मेदवार ढुंगाना संस्थापन निकट हुन् । भट्ट पनि संस्थापन निकट हुन्, तर उनको भन्दा ढुंगानाकै सम्भावना बढी देखिएको छ । बानियाँ लामो समयदेखि त्रिचन्द्रका विद्यार्थीहरुबीच लोकप्रिय छन् । उनले नेविसंघका मात्र नभई सबै विद्यार्थीहरुको लागि काम गर्दै आएको बताउँछन् । आफूले टिकट पाए जित निश्चित भएको उनको दाबी छ । बानियाले अब निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन हुने माहोल सृजना भएको भन्दै खुशी व्यक्त गरे ।

सभापतिको उम्मेदवारहरुले आफ्नो गुट स्पष्ट पारेपनि सो क्याम्पसका सिनियर विद्यार्थी नेताहरू प्रेमराज जोशी, सरोज थापा, विष्णु पौडेल दाह्री लगायत नेताहरू टिकट कसलाई दिने निर्णायक शक्ति बनेका छन् । उनीहरूले लिने निर्णयले नै सभापतिको टिकट कसले पाउने, त्यसको छिनोफानो हुने ती नेताको भनाइ छ ।

क्याम्पसमा कांग्रेस महामन्त्री गगन थापाको विरासत पनि जोडिएको छ । थापा पूर्व स्ववियु सभापति हुन् । उनले पनि चासो दिइरहेका छन् । निर्वाचन भएमा अखिल, अखिल क्रान्तिकारी, अखिल समाजवादीबीच तालमेल गरेर नेविसंघ विरुद्ध चुनावमा ओर्लने अखिलका विद्यार्थीहरुको तयारी छ ।

त्रिचन्द्र क्याम्पस कांग्रेसको नेता उत्पादन केन्द्रकै रुपमा चिनिएिको छ । ०४९ सालमा प्रतिनिधिसभा सांसद शंकर भण्डारी सभापति निर्वाचित भएका थिए । ०५१ सालमा कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौर, ०५३ सालमा हरि आचार्य त्रिचन्द्रको स्ववियु सभापति बनेका थिए । ०५५ सालमा कांग्रेस महामन्त्री गगन थापा सभापति निर्वाचित भएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);