नेपालको एक दिवसीय मान्यता कायम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालको एक दिवसीय मान्यता कायम

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आईतवार सम्पन्न खेलमा युएईमाथि १ सय ७७ रनको फराकिलो जित निकालेसँगै नेपालको एक दिवसीय मान्यता कायम रहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली युएईलाई हराउँदै लिग तालिकाको चौथो स्थानमा उक्लिएसँगै नेपालको एक दिवसीय मान्यता जोगिाएको हो । नेपालले आइतबारकाके खेलपछि ३४ खेलमा ३६ अंक जोड्न सफल भएको हो । पराजय व्यहोरेको युएई भने समान खेलमा ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नेपालले प्रश्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन मै समेटियो । युएईका लागि आयन अफ्जल खानले २९, आश्वन्त वल्थापाले १४ र कार्तिक मैयप्पनले अविजित ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकका स्कोर छुन सकेनन् । नेपालका लागि ललितनारायण राजवंशीले पाँच, सन्दीप लामिछानेले दुई तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गल्सन झाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४८ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेललेले १ सय १२ बलमा नौ चौकाको मद्दतमा सर्वाधिक ७७ रन बनाउँदै धराशायी बनेकोक इनिङलाई उकासेका थिए । यसैगरी आरिफ शेखले ४३, गुल्सन झाले ३६, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको पारी खेलेका थिए । खराब शुरुवात भएको नेपालको इनिङलाई रोहितले पाँचौं विकेटका लागि आरिफसँग ८६ तथा चौथो विकेटका लागि भिम सार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । यसैगरी सातौं विकेटका लागि गुल्सन र दीपेन्द्रले ४८ रनको साझेदारी गर्दै सम्मान जनक अवस्थामा पु¥याएका थिए ।

युएईका लागि आयन अफ्ल खान, रोहन मुस्ताफा, जावर फारिद र जाहुर खानले समान दुई तथा अर्यन लाक्रा र जुनौद सिद्धिकीले समान एक विकेट लिए । यस जितसँगै शीर्ष ३ मा रहँदै विश्वकप छनोटका खेल्ने नेपालको सम्भावन कायमै छ । लगातारको हारले युएईको भने एक दिवसीय मान्यता गुम्ने खतरामा परेको छ । ३६ खेलमा ५० अंकसहित शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र समान खेलमा ४४ अंकसहित दोस्रो स्थानमा बसेको ओमानले विश्वकप छनोटको टिकट पक्का गरिसकेका छन् । बाँकी एक स्थानका लागि नामिबिया र नेपाल प्रतिष्पर्धामा छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अंक छ । नेपालले श्रृंखलामा बाँकी रहेको दुई खेलमा दुई खेल नै जितेमा तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको लागि योग्य हुनेछ । सातौं स्थानको पपुवान्युगिनीको ३४ खेलमा ११ अंक छ । लिगमा सोमवार नेपाल र पिएनजीबीच खेल हुनेछ । सिरिजको अन्तिम खेल चैत्र २ गते बिहीवार युएईसँग हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);