माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ, २६ फागुन । माओवादी धारका नेताहरुको आज पनि बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बस्ने जनाइएको छ ।

केही दिन अघि पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज सो मुद्दामा पहिलो सुनुवाइ हुँदैछ । मुद्दा दायर भएपछि पूर्वमाओवादी निकटहरुले एक भएर प्रतिवाद गरिरहेका छन् ।

प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी धारहरूलाई एक हुनुपर्ने बताउँदै आएका छन् । यो मुद्दाले शान्ति प्रक्रिया बिथोल्न खोजेको उनीहरुको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);