प्रचण्डविरुद्ध रिटको सुनुवाइ आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्डविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं, २६ फागुन । माओवादी द्धन्द्धकालमा मारिएका व्यक्तिका आफन्तले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता गरेको मुद्दाको पहिलो सुनुवाइ आज हुँदैछ । हिजो न्यायाधिश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको उक्त रिट तोकिएकोमा नभ्याइनेमा परेकाले आज सुनुवाइ हुने भएको हो ।

जनयुद्धकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने बयानलाई आधार बनाएर प्रचण्डविरुद्ध फौजदारी अभियोग माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । मारिएकाका परिवार २८ जनाले मंगलबार सर्वोच्च अदालतमा संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् । आजै राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);