प्रचण्डविरुद्धको रिट श्रेष्ठको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रचण्डविरुद्धको रिट श्रेष्ठको एकल इजलासमा

काठमाडौं, २५ फागुन । माओवादी द्धन्द्धकालमा मारिएका व्यक्तिका आफन्तले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता गरेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्धन्द्धपीडित कल्याण बुढाथोकीले मंगलबार दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुन लागेको हो । जनयुद्धकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने बयानलाई आधार बनाएर प्रचण्डविरुद्ध फौजदारी अभियोग माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । मारिएकाका परिवार २८ जनाले मंगलबार सर्वोच्च अदालतमा संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् । आजै राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);