नेपालमा बाह्य हवाई यात्रुको संख्या वृद्धि, कार्गो विमानतर्फ गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा बाह्य हवाई यात्रुको संख्या वृद्धि, कार्गो विमानतर्फ गिरावट

काठमाडौं, १६ पुस । यस वर्ष नेपालमा बाह्य हवाई यात्रुको संख्या ९ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने कार्गो विमानतर्फ ६ दशमलव २४ प्रतिशतले गिरावट  भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार पछिल्लो १० महिनामा नेपालमा बाह्य हवाई यात्रुको संख्या ९ दशमलव ६३ प्रतिशतले वृद्धि भएको हो । प्राधिकरणका महानिर्देशक संजिव गौतमले कार्गो विमानतर्फ भने ६ दशमलव २४ प्रतिशतले गिरावट आएको जानकारी दिए ।

प्राधिकरणको १९ औं वार्षिक उत्सवको अवसरमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा महानिर्देशक गौतमले बाह्य आवागमन अन्तर्गत नेपालमा पछिल्लो १० महिनामा ३१ लाख ११ हजार ५ सय ६३ जना यात्रु भित्रिएको जानकारी गराए । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई यस वर्ष उच्च प्राथमिकतामा राखिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);