काठमाडौं, २१ फागुन । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ ।
शाहलाई विश्वासको मत दिन माओवादी संसदीय दललाई निर्देशन दिएको हो ।
शनिबार बसेको माओवादी संसदिय दलको बैठकले शक्ति बाँडफाँटमा असन्तृष्टि जनाउँदै शाहलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
गत माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ ।
सोही प्रावधान अनुसार शाहले आज विश्वासको मत लिन लागेका हुन् । सुदुरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।