मेलम्ची आयोजना: अम्बाथान–ग्यालथुम खण्डको सुरुङ निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मेलम्ची आयोजना: अम्बाथान–ग्यालथुम खण्डको सुरुङ निर्माण सम्पन्न

काठमाडाैं, १५ पुस । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । सो खण्डको ८ दशमलव ३ किलोमिटर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको जनाइएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मध्ये अब ग्यालथुमदेखि सिन्धु खण्डको ४ सय ५० मिटर सुरुङ निर्माण गर्न बाँकी छ ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भू-भाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९ दशमलव ५ किलोमिटर सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);