चर्चामा सन्दीप र प्रधानमन्त्रीबीचको तस्विर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

चर्चामा सन्दीप र प्रधानमन्त्रीबीचको तस्विर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले हात मिलाएको तस्विर चर्चामा आएको छ ।

विश्वकप लिग–२ एकदिवसिय सिरिज क्लिन स्विप गरेको नेपाली टोलीलाई बुधबार दिउँसो बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको छ ।

सोहि क्रममा प्रधानमन्त्रीले सबै खेलाडीहरुसँग हात मिलाउनुभएको थियो । तर, उहाँ र सन्दीपको तस्विर भने चर्चामा आएको छ ।

नाबालिक बलात्कार जस्तो जघन्य अपराधको मुद्दा अदालतमा चलिरहेको अभियुक्तलाई प्रधानमन्त्रीले यसरी सार्वजनिक रुपमै समर्थन गरिदिनाले भोलिका दिनमा यसले न्याय सम्पादनमा प्रभाव पार्ने टिप्पणीहरु हुन थालेका छन् ।

प्रधानमन्त्री दाहालले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);