काठमाडौं, ११ फागुन । ललितपुरको कुपण्डोलमा आज ठुलो सवारी दुर्घटना भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना घाइते भएका छन् ।
बाग्मती प्रदेश ०१ ०२६च ५४११ नम्बरको रातो कारले ०२९ प ४६७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कारको ठक्करले हुत्तिएर मोटरसाइकल स्कुटरलाई ठक्कर दिएर बा४ख ४१४६ नम्बरको बसमुनि पसेको प्रत्यक्षदर्शी लक्ष्मी न्यौपानेले जानकारी दिए ।
न्यौपानेको अनुसार दुर्घटनाबाट कार, मोटरसाइकल र स्कुटरमा क्षति भएको छ । मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।