काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि प्रकाशित गरेको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिन सकिने जनाएको छ ।
राष्ट्रपति निर्वाचनका लागि भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
१३ गते उम्मेदवारी दर्ता, फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान, अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।