सुन्तलाको माग बढेता पनि माग अनुसार आपूर्ति भने हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सुन्तलाको माग बढेता पनि माग अनुसार आपूर्ति भने हुन सकेन

orange

काठमाडौं,१४ पुस ।पूर्वीपहाडी जिल्लाहरूमा मागअनुसार आपूर्ति नभएपछि सुन्तलाको मूल्य बढेको छ । सुनसरी सदरमुकाम इनरुवासहित धरान र इटहरी क्षेत्रका बजारमा गत वर्षको तुलनामा ४५ प्रतिशतमात्र सुन्तला आपूर्ति भएपछि मूल्य बढेको हो ।

गत वर्ष यो सिजनमा कृषिउपज बजारस्थल धरानमा १५ सय टन सुन्तलाको कारोबार भएको थियो । तर, ४ सय टन सुन्तलामात्र बिक्री भएको छ । बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ र संखुवासभाबाट सुन्तला आउने गर्छ । उत्पादन कम भएकाले सुन्तला आपूर्ति कम भएको कृषकले बताएका छन् ।

गत आर्थिक वर्षमा ६ हजार ४ सय ९३ टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्यमा ५२ करोड रुपैयाँको कारोबार भएको थियो । व्यापारीले कृषकको बारीमै गएर फूल फुल्दै गर्दा बोट नै खरिद गर्ने गर्छन् । तर, फूल फुलेअनुसार सुन्तला नफल्दा व्यापारीसमेत घाटामा परेका छन् ।

पूर्वीपहाडी जिल्लाहरूमा गत वर्षको तुलनामा ६० प्रतिशत कम सुन्तला उत्पादन भएको छ, जसका कारण मागअनुसार आपूर्ति हुन नसक्दा भाउ दोब्बर बढेको कृषिउपज बजारस्थलले जनाएको छ ।

सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण सुन्तलाको बोट मर्नु र फूल लागेका बेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगको निदानबारे सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी छ, ताकि सुन्तलाखेतीमा आश्रित कृषकको पेसा सुरक्षित बन्न सकोस् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);