राष्ट्रपति कांग्रेसकै हुने प्रकाशमान सिंहको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

राष्ट्रपति कांग्रेसकै हुने प्रकाशमान सिंहको दाबी

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गर्नुभएको छ । आज नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गर्नुभएको हो । उहाँले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूको दाबी स्वभाविक रहेको बताउनुभयो ।

‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ’ सिंहले भन्नुभयो । राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ । उहाँले कांग्रेसबाटको राष्ट्रपतिको उम्म्दवार बन्ने भन्नेबारेमाचाहिँ केही बोल्नुभएन ।

पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबी गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताउनुभयो । उहाँले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाई थियो ।

‘जादूको छडी त कोहीसँग छैन । अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालको राजनीति केन्द्रीत भइरहेको हामीले मनन् गर्नुपर्छ’ सिंहले भन्नुभयो, ‘आलोचना गर्नु राम्रो कुरा हो । असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्याे ।’ उहाँले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताउनुभयो । नेपाल जेसिसको प्रशिक्षण भेला आज र भोलि दुई दिनसम्म काठमाडौमा चल्ने छ । भेलामा देशभरका जेसिस अभियन्ताहरुको सभागिता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);