एमालेको ग्रासरुट अभियान आजदेखि, ओलीले सबै प्रदेशमा एकसाथ सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एमालेको ग्रासरुट अभियान आजदेखि, ओलीले सबै प्रदेशमा एकसाथ सम्बोधन गर्ने

काठमाडौं, ५ फागुन । नेकपा एमालेको मिसन ग्रासरुट अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको पार्टीको स्थायी कमिटीको निर्णयबमोजिम आजबाट सो अभियान शुरु हुन लागेको हो । जसका लागि एमालेले प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्कीलाई खटाएको छ भने मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल हुनुहुन्छ ।

त्यस्तै वागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ हुनुहुन्छ । त्यस्तै गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा हुनुहुन्छ भने लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा रहनुभएको छ ।

विशेष कमिटी (केन्द्रिय कार्यालय) मा महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा भीष्म अधिकारी रहनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सबै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);