काठमाडौं, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री दाहाललाई भेट्न ओली आज बिहान बालुवाटार पुग्नुभएको हो ।
दुई शीर्ष नेताबीच राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको जनाइएको छ । राष्ट्रपतिको उम्मेदवारबारे सत्तागठबन्धनका दलहरुबीच पछिल्लो समय सहमति हुन सकेको छैन् ।
दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रपति बनाउनुपर्ने अडान लिइरहेका छन् भने एमालेले सो पद आफुले पाउनुपर्ने दाबी गरिरहेको छ ।