जनयुद्ध दिवसकै दिन परिवार सहित राजनीतिक कार्यक्रम देखिएका पूर्वराजा (फोटोफिचर ) | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

जनयुद्ध दिवसकै दिन परिवार सहित राजनीतिक कार्यक्रम देखिएका पूर्वराजा (फोटोफिचर )

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह सत्ता गुमाएपछि आज पहिलो पटक औपचारीक राजनीतिक कार्यक्रममा सार्वजनीक हुनुभयो । त्यो पनि सामान्य दिनमा होइन्–जनयुद्ध दिवसको दिन ।

सशस्त्र युद्धका कमाण्डर ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । सरकारले जनयुद्ध दिवसको दिन आज देशभर सार्वजनिक विदा समेत दिएको छ । प्रधानमन्त्री प्रचण्ड जनयुद्द दिवस मनाउन देश दौडामा रहेकै समयमा पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाको मेचीपुलबाट सुरु गरिएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा परिवार सहित देखिनुभएको हो । यसलाई राजनीति वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा सुरु भएको अभियानको उत्घाटन गर्न पूर्वराजा परिवारका सदस्य सहित सहभागी हुनुभएको हो ।

यहि अभियानमा सहभागि हुन पूर्वराजपरिवारका सदस्य आजै काँकडभित्ता पुग्नुभएको थियो । पूर्वराजाको पर्खाइमा बसेका कार्यक्रममा सहभागिहरुले उहाँको भाषण भने सुन्न पाएनन् ।

पूर्व राजा ज्ञानेन्द्र छोरा पारस र छोरी प्रेरणासँगै आफै गाडी चलाएर कार्यक्रम स्थलमा पुग्नुभएको थियो । तस्विरः सन्तोस सुवेदी 

Leave a Reply