एजेन्सी । लिबेरियाको उपपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गर्दै पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा विजयी भएका छन । पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएका हुन ।
चुनावमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । लिबेरियाका निर्वाचन प्रमुखले लिबेरियाले सन् १९४४ पछि दुई गृहयुद्व सम्हालेको लिबेरिया चुनावपछि प्रजातन्त्रमा प्रवेश गरेको बताएका छन् ।
५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडि थिए । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । पछि चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेलेका थिए ।