काठमाडौं, १४ पुस ।एलेक्स सान्चेजले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३(२ ले पराजित गरेको छ।
खेलको २५औँ मिनेटमा स्क्रोदान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका गिए। ४९औँ मिनेटमा आन्द्रे टाउसन्डले प्यालेसका लागि बराबरी गोल फर्काए। तर सान्चेजले ६२औँ र ६६औँ मनेटमा लगातार दुई गोल गरेपछि आर्सनलले ३(१ को अग्रता बनायो। ८९औँ मिनेटमा जेम्स टोमकिसन्सले एक गोल फर्काएपनि घरेलु टोली प्यालेसको हार टार्न पर्याप्त भएन।
जितपछि २० खेलबाट टोटनहम समान ३७ अंक जोडेको आर्सन गोलअन्तरमा पछि पर्दै छैटौँ स्थानमा यथावत छ। यस सिजन अपराजित रहेको म्यानचेष्टर सिटी ५८ अंकका साथ पहिलो स्थानमा छ भने ४३ अंकका साथ म्यानचेष्टर युनाइटेड दोस्रो, ४२ अंक जोडेको चेल्सी तेस्रो तथा ३८ अंक रहेको लिभरपुल चौथो स्थानमा छन्।




