काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् ।
राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने संसद् सचिवालयले जनाएको छ । सम्बोधनपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ ।