बजेट प्रणालीमा मितव्ययिता कायम गर्नुपर्छ : अध्यक्ष खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बजेट प्रणालीमा मितव्ययिता कायम गर्नुपर्छ : अध्यक्ष खनाल

काठमाडौं, २६ माघ । सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डा.डिल्लीराज खनालले सरकारले सुशासनलाई व्यवहारमा कार्यान्वयन गर्न बजेट प्रणालीमा मितव्ययिता अपनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता नै सुशासन कायम गर्ने रहेको भन्दै सुशासनलाई व्यवहारमा कार्यान्वयन गर्न बजेट प्रणालीमा सुशासन लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको हो ।

अध्यक्ष खनालले सरकारले समग्र मुलुकको खर्च व्यवस्थापन गर्नको लागि बजेट प्रणालीमा सुशासन कायम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले दिने सेवा सुविधाहरुलाई सहज र प्रभावकारी बनाउनसके मात्रै सुशासन कायम हुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष खनालले वर्तमान सरकारले खर्च कटौति गर्ने मात्रै नभइ पुँजीगत खर्चमा वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले कायम गर्ने भनिएको सुशासन बजेट बनाउने प्रणाली र खर्च व्यवस्थापनमा ठोस रुपमा लागू गर्न जरुरी रहेको औंल्याउनु भयो । अध्यक्ष खनालले सरकारले सिङ्गो बजेट प्रणालीलाई नतिजासँग जोड्ने गरेर जानुपर्ने भन्दै अत्यावश्यक भन्दा अन्य आयोजनाहरुमा बजेट खर्च गर्न नहुने बताउनु भयो । उहाँले सरकारको आम्दानी भन्दा खर्च धेरै भएपछि सरकारी अनुत्पादक खर्च कटौति गर्ने, फजुल खर्च रोक्ने, सरकारका संयन्त्र छरितो पार्न आयोगले सुझाव दिएपनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले सरकारले पुँजीगत खर्च,विकास बजेट भित्र व्यापक पुनःसंरचाना र खारेज गरेमात्रै प्रतिफल दिनसक्ने बताउनु भयो । उहाँले सरकारले सामाजिक,आर्थिक,सामाजिक न्याय र अन्तरप्रदेशको हिसावमा काम गर्न आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष खनालले सरकारले चालु खर्चलाई व्यापक रुपमा कटैति गर्ने,सामाजिक सुरक्षा भत्तामा पनि लक्षित वर्गलाई मात्रै दिने,मापदण्ड नै नबनाई संस्थानहरुलाई दिने पैसामा कमी गर्दै औचित्यका आधारमा मात्रै छुट्याउने र काम नलाग्ने संस्थानहरुलाई निजीकरण गर्ने,कुनैलाई रणनीतिक साझेदार खोज्ने,गाभ्ने, घाटामा भएकालाई नाफामा चलाउने गरी सरकार जानुपर्ने सुझाव अहिलेसम्म कार्यान्वयनमा नआएको बताउनु भयो । उहाँले सरकारले बजेटमार्फत पुँजीगत खर्चभित्र ६० प्रतिशत बजेट काम नलाग्ने ठाउँमा विनियोजन भइरहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);