विकास निमार्णका नाममा राजनितिक कब्जा बढी हुदाँ राफ्टिङ व्यवसाय धरापमा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विकास निमार्णका नाममा राजनितिक कब्जा बढी हुदाँ राफ्टिङ व्यवसाय धरापमा ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउण्टेन टिभी एचडि ।

काठमाडौँ, माघ २६।  एउटा समय यस्तो थियो कि नेपाल आउने विदेशी पर्यटकमध्ये ५० प्रतिशतभन्दा बढी ¥याफ्टिङ गरेर मनोरञ्जन लिन्थे । तिव्र गतिमा बग्ने नदीहरुमा साहसिक खेल ¥याफ्टिङ गर्नु पर्यटकका लागि पनि गर्वको विषय हुन्थ्यो । तर, पछिल्लो समय त्यस्ता नदी क्षेत्रहरुको दोहनले ¥याफ्टिङ जोखिममा पर्दै गएको छ । विना योजना सरकारले जलविद्युत आयोजना निमार्णको अनुमति दिनु, स्थानिय सरकारले आफनो हिसाबले नीति तर्जुमा गर्नु, पर्यटकका लागि विभिन्न रोमाञ्चक साहसिक गतिविधिहरु थपिनुले यो व्यवसाय संकटमा परेका छन् । अर्कातिर गैरकानुनी रुपमा ¥याफ्टिङ खोल्ने प्रबृत्ति मौलाउँदा यो व्यवसाय धरापमा परेको छ । यद्यपि स्वदेशी पर्यटकले राफ्टिङ व्यवसाय धानेका छन् । यस क्षेत्रमा हाल १० हजारले प्रत्यक्ष रुपमा रोजगार पाइरहेका छन् । १३५ को हाराहारीमा रहेको राफ्टिङ कम्पनीहरु हाल ६०–६५ वटामात्र सञ्चालित छन् ।

पर्यटन बोर्डले प्रर्वद्धनका लागि छुट्टाएको एक अर्ब बजेट मध्ये २० देखि ३० लाख बजेट राफ्टिङमा विनियोजन हुने गरेको छ । प्रर्वद्धनका नाममा बजेट छुट्टाइएपनि नियमनकारी निकायको भुमिका भने तलब पचाउने काममात्र हुने गरेको व्यवसायीहरुको आरोप छ । यता नेपाल पर्यटन बोर्डको अपनत्व सरकारले नलिँदा पर्यटनसगँ जोडिएका सबै क्षेत्रलाई गति दिन नसकिएको पनि विदेशी पर्यटन बढाउने हिसाबले लागिरहेको बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल बताउनुहुन्छ।

त्रिशुली, भोटेकोशी, कर्णालीलगायतका १४ नदीमा सरकारले ¥याफ्टिङ लागि अनुमति दिएको छ । सुन्दर नदीमा जलविद्युत निमार्णका लागि अनुमति दिनु, विकासमा नाममा योजनाविहीन निति अपनाउनुले राफ्टिङमा विदेशी पर्यटको आर्कषण बढन सकेको छैन ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);