मार्च ८ देखि विश्वकै लामो ¥याफ्टिङ प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

मार्च ८ देखि विश्वकै लामो ¥याफ्टिङ प्रतियोगिता हुने

काठमाडौं, १८ मंसिर । मार्च ०८ देखि १३ सम्म अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुने भएको छ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज,नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट,२०२४ हुन लागेको हो ।

आईतवार नाराले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट,२०२४ गर्न लागेको जनाएको छ । द ग्रेट कर्णाली क्वेस्ट दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरुको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताउनु भयो। उहाँले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्राण्ड,आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने बताउनु भयो । उहाँले कर्णाली नदीलाई सरकारले पनि संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष आलेले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिने योजना रहेको बताउनु भयो ।

नेपाल एशोसिएशन अफ राफ्टिग्ङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्डमा राजनीतिक खिचातानी हुँदा पर्यटन प्रवद्र्धन गर्ने कामहरु हुन नसकेको बताउनु भयो । उहाँले कार्यक्रमहरु गर्न बोर्डले प्राप्त बजेट हुँदा हुँदै पनि नदिँदा समस्या भइरहेको बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्ट ठूलो परियोजना भएकाले सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको पर्यटन प्रवद्र्धन गर्ने काम नगर्ने हो भने प्रर्यटन बोर्ड बन्द हुनुपर्ने भन्दै निजी क्षेत्रले सहज रुपमा काम गर्न पाउनुपर्ने माग राख्नुभयो ।

प्रतियोगितामा १६ टिमको लागि फेब्रअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । २३ नोभेम्बर २३ देखि २८ सम्म तय गरिएको द ग्रेट कर्णाली क्वेस्ट कार्यक्रम पश्चिम नेपालमा गएको भूकम्पको कारण स्थगन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);