आईपीएल २०२४ को लागि खेलाडीहरुको लिलामी दुबईमा हुँदैं | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आईपीएल २०२४ को लागि खेलाडीहरुको लिलामी दुबईमा हुँदैं

काठमाडौं, १९ मंसिर । इन्डियन प्रिमियर लिग आईपीएल २०२४ को लागि खेलाडीहरुको लिलामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ । आईपीएलको लिलामी देश बाहिर हुन लागेको यो पहिलो पटक हो । आईपीएल प्रशासनले सामाजिक सञ्जालमा यो जानकारी दिएको हो ।

गत वर्षको तुलनामा यसपटक टोलीसँग खेलाडी किन्न ५ करोड बढी हुनेछ । गत सिजन फ्रेन्चाइजीले टोलीका लागि ९५ करोड रुपैयाँ छुट्याएको थियो । यसपटक टोली तयारीका लागि १०० करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, टोलीसँग अघिल्लो सिजन अर्थात २०२३ को बाँकी रकम पनि हुनेछ । आईपीएल लिलामीका लागि १ हजार १६६ खेलाडी दर्ता भएका छन् । जसमा ८ सय ३० भारतीय र ३ सय ३६ विदेशी खेलाडी छन् । इङ्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले विदेशी खेलाडीमा आफ्नो नाम राखेका छैनन् ।

मिचेल स्टार्क, प्याट कमिन्स, ट्राभिस हेड, जेराल्ड कट्जी र रचिन रविन्द्र जस्ता ठूला विदेशी खेलाडीहरू लिलामीमा प्रवेश गर्नेछन् । भारतीय खेलाडीमा हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव र जयदेव उनाडकट जस्ता ठूला नाम छन् । उनीहरुको मूल्य १० करोड रुपैयाँभन्दा माथि जान सक्छ । प्रतियोगितामा सहभागी १० टोलीले अधिकांश खेलाडीलाई रिटेन गरेका छन् ।

तसर्थ, अधिकतम ७७ खेलाडीहरू किन्न सकिन्छ । लिलामीमा २५ खेलाडीको आधार मूल्य २ करोड रहेको छ जसमा अष्ट्रेलियाका ७ र भारतका ४ खेलाडी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);