तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्छः प्रा.डा.वाग्ले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्छः प्रा.डा.वाग्ले

काठमाडौं, २५ फागुन । अर्थविद् तथा प्रा.डा.अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

अर्थविद् डा.वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनारावलोकन गर्नुपर्ने बताउनुभएको हो । उहाँले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताउनु भयो । प्रा.डा. वाग्लले मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसावले असाध्यै जोखिमपूर्ण अवस्था रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भिर प्रश्न उठेको बताउनु भयो । उहाँले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरु आइरहेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको बताउनु भयो । उहाँले न्युन आय भएका मानिसहरुको क्रय शक्ति र आय दुवै कम भएको कारण आर्थिक चक्र नै खण्डित हुने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । उहाँले लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणीमा ऋण थप्ने भन्दा बाहेक केही नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसावले असाध्यै जोखिमपूर्ण अवस्था रहेको छ । चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ । यसमा राज्यको पुँजीगत खर्च गर्ने क्षमताको गम्भिर प्रश्न हो । बहुआयामिक खालका समस्याहरु आएका छन् । बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण कम भएर आर्थिक उन्नतिलाई सघाउ नहुने र उत्पादकत्व कम हुने जस्ता समस्या भएको कारण सबै खालका समस्या देखा परेका छन् । ‘

अर्थविद् वाग्लेले बैंक तथा वित्तसंस्थाहरुले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताउनु भयो । उहाँले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरुले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको बताउनु भयो । उहाँले राष्ट्रिय आर्थिक नीतिको पनि कमजोरी रहेको भन्दै हरेक बजेटमा लाइसेन्स लिएर घर जग्गा कारोबार गर्नुपर्छ भनिन्छ तर अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले राज्य बिहीनताको अवस्था बढ्दै गएको कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या अत्याधिक चर्किंदै गएको दाबी गर्नुभयो । उहाँले अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);