नेप्से परिसूचक ५०.०४ अंकले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेप्से परिसूचक ५०.०४ अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंकले बढेको छ ।

बिहीवार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निणर्य गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । बैंकर्स संघले बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन् ।

बिहीवार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । यता होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

बिहीवार नेप्से परिसूचक उच्च अंकले बढेसँगै शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत, शिवश्री हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । आज शिवम सिमेन्ट्स कम्पनीको ७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);