ईपीएस कृषि तथा पशुुपालनको भाषा परीक्षा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ईपीएस कृषि तथा पशुुपालनको भाषा परीक्षा सुरु

काठमाडौं, २६ माघ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया लैजान परीक्षा सुरु भएको छ । कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा गत माघ १८ गतेदेखि सुरु भएको हो ।

सुन् २०२३ मा कृषि तथा पशुपालनतर्फ रोजगारीका लागि कोरिया जान लिइएको यो परीक्षा आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि ३ हजार जनाको मागमा १० हजार ३९८ जनाको आवेदन परेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा आउँदो फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

दक्षिण कोरियाले अहिलेसम्मकै ईपीएसमार्फत सबैभन्दा बढी श्रमिक नेपालबाट लैजानेगरी कृषि तथा पशुपालनतर्फको पहिलो छनोट चरणको आवेदन माग गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);