सामान्य अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।

नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेपसेमो तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।

बुधबार नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३।३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३।०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २।५९ प्रतिशतले बढेको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ५।१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४।९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३।८८ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);