सेयर बजारमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, १८ असोज ||

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११ दशमलव ०४ अंकले गिरावट हुँदा १९ सय ५६ दशमलव ९२ को विन्दुमा बन्द भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । म्युचुअल फण्ड उपसूचक २ दशमलव ३४ प्रतिशतले बढेर बन्द भएको छ । होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ० दशमलव ८४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको हो । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार नेप्से बढेपनि कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको थियो । तर, बिहीबार कारोबार रकम थप घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । ५० हजार ६९ वटा कारोबारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।

बिहीबार बजारमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको हो ।
इनफिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले गिरावट हुँदा मध्येभोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट भएको हो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);